• बिनय र गरिमा अभिनित ‘तिम्रै माया लाग्छ’ सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

    काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ।

    परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।

    म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

    कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु