गायिका मीरा राणालाई लाइफटाइमसहित बिन्ध्यवासिनी म्यूजिक अवार्डमा पाँच स्रष्टालाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०८०, आईतवार
bindabasini foundation_Music Award_ Mira Rana

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आफ्नो दसौं वार्षिक भेला आयोजना गर्दै १४ औं विन्ध्यवासिनी म्यूजिक अवार्डको अवसरमा प्रतिष्ठित गायिका मिरा राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनले एक लाख रुपैयाँसहितको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट गायिका मिरा राणालाई सम्मान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी ५० हजार रुपैयाँसहितको बिन्ध्यवासिनी संगीत साधना सम्मान संगीतकार भूपेन्द्र रायमाझीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस वर्षको प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेललाई प्रदान गर्ने भएको छ । त्यस्तै झलकमान लोकसंगीत सम्मान लोकप्रिय गायक राजु परियारलाई प्रदान गरिने भएको छ भने बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई प्रदान गर्ने फाउन्डेसनले निर्णय गरेको छ । यी तीनवटै पुरस्कारको राशि २५/२५ हजार रुपैयाँ रहेको छ ।

आगामी चैत १ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने बिन्ध्यबासिनी म्युजिक अवार्डको १४औं संस्करणमा यो सम्मान प्रदान गरिने फाउन्डेसनका अध्यक्ष लिना शर्मा रेमग्मीले बताएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु