म्यूजिक भिडियोमा बिन्दुको सुमधुरता र सुन्दरता

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७८, सोमबार

काठमाडौं । आधुनिकदेखि पाश्र्व गायनमा आफूलाई अब्बल साबित गरेकी गायिका बिन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ ।
यस भिडियोमा नौलो पक्षचाहिं भिडियोमा गायिका बिन्दु नै मोडलका रुपमा प्रस्तुत भएकी छिन् । तिम्रै हुन पाउँ भनेर प्रेमील भाव झल्केको भिडियोमा उनी छमछमी नाचेकी छिन् ।

गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

भिडियोमा विन्दु आफैं फिचर्ड छिन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजीव समरको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।
भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु