अर्जुन सुनाम र बिन्दु परियारकोे ‘हुरी चल्यो १६ वर्षे वैंशको’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७५, सोमबार

काठमाडौ । यो पौषको जाडो याममा हर्टडान्सिङ बीटको ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक, गायिका अर्जुन सुनाम र बिन्दु परियारकोे मिठो स्वर रहेको गीत ‘हुरी चल्यो………’ हालै स्रोतामाझ आएको छ ।

गीति लेखनमा आफ्नो पृथक पहिचान बनाईसक्नु भएकी सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत रहेको भिडियोका निर्देशक शिवन श्रेष्ठ हुन् ।
अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायतका कलाकार देख्न सकिन्छ । केशव आचार्यको प्रोडक्शन रहेको सुन्दर म्युजिक भिडियो श्रृष्टि किड्र्स टिभि युसएबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्

नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु