
काठमाडौं । गायिका विन्दु परियार र गायक विक्रम परियारको ‘दिलको राजधानी’ सार्वजनिक भएको छ । लोक दोहोरी गीतको फ्लेबरलाई अलिकति आधुनिकता थप्दै संगीतकार राजेश बर्देवाले गीतलाई फरकपन दिन खोजेका छन् । जसमा गायिका विन्दु र गायक विक्रमले स्वर दिएका छन् । यस गीतको शब्द संकलन भने कृष्ण कँडेलले लेखेका छन् । यस गीतको संगीत संयोजन पनि संगीतकार राजेश बर्देवाले नै गरेका छन् ।
गीत सुन्दा निकै आनन्द महशुष हुने छ भने भिडियो पनि उतिकै रमाइलो छ ।
गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल, मोडल दुर्गेस थापासँगै रविन्द्र तितुंगाले फिचर्ड गरेका छन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो म्युजिक भिडियोमा रमाइलो शैलीमा बनाइएको छ।
म्युजिक भिडिओ प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादनमा तयार भएको हो। भिडिओ बिहिबार संगीतकार राजेश बर्देवाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।