आहा ! उत्कृष्ट गीत ‘टुना मुना’को उत्कृष्ट भिडियो

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । ‘टुना मुना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिलो समयमा पाश्र्व गायन र आधुनिक गीतमा निकै प्रभाव जमाएकी गायिका बिन्दु परियार, गायक मौसम गुरुङ र सुनिल पाठकको स्वर रहेको गीतमा दिपक बसन्त कार्कीको शब्द तथा संगीत रहेको छ ।
सुन्दा निकै आनन्द आउने र नाचौं नाचौं लाग्ने गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
यस म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् भने अर्जुन तिवारलिे छायांकन गरेका हुन् ।

आशिष अबिरलको को म्युजिक एरेन्जमेन्टमा तयार गीतको भिडियोमा निकै लोकप्रिय अनुहारहरु दुर्गेश थापा र बर्षा शिवाकोटीको नृत्य तथा अभिनय रहेको छ ।
गीतको अडियो तथा भिडियो निकै उत्कृष्ट बनेको हुँदा सांगीतिक बजारमा यो गीतको माग निकै बढ्न सक्ने अनुमान लाउन सकिन्छ ।

रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।

भिडियो हेरौ :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु