पाश्र्व गायनमा जमेकी बिन्दुले ल्याइन् ‘म के गरुँ’

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार

काठमाण्डौ । पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, घरबार यी लोकप्रिय गीत गाउने गायिका यतिबेला नेपाली सांगीतिक आकाशमा स्थापित भइसकेकी छिन् । सुमधुर स्वरकी धनि उनी आधुनिक गायनमा अब्बल त छिन् नै, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै जमेकी छिन् । संख्यात्मकता भन्दा पनि गुणात्मकतामा विश्वास गर्ने ती गायिका हुन् – बिन्दु परियार । यतिबेला उनै गायिका बिन्दु परियारको ‘म के गरुँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन । आशिष अविरलकै संगीत तथा एरेन्ज रहेको यो गीतका शब्द एकनारायण भण्डारीले रचना गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन् ।

अर्जुन अधिकारीको निर्देशन गरेको म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई भिमफेदी गाईजले साथ दिएको छ ।
गीतलाई गायिका बिन्दु अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु