विनिता र विर्खको ‘मन्जरी’मा देखिए पूजा शर्मा र कमला घिमिरे

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७७, शनिबार

काठमाडौं । चर्चित गीत ‘गोर्खा मनकामना’ गीतकी गायिका बिनिता गुरुङ र गायक बिर्ख विश्वकर्माको ‘मन्जरी’ सार्वजनिक भएको छ । जसमा नायिका पूजा शर्मा र भाइरल गायिका कमला घिमिरेसँगै हिरज सोनी, आरके परियार र रोहित ओली भिडियोमा देखिएका छन् ।

केही समय अगाडि नवराज पन्तको सिर्जनामा मन्जरी बजारमा आएपछि गीत चोरी गरियो भन्दै अधिकारका लागि दौडिएका गायिका विनिता गायक बिर्खले तत्कालिन समयमा अडियो भर्सन मात्रै बजारमा सार्वजनिक गरेका थिए । तर न्यायका लागि दौडिंदा पनि न्याय नपाएको गुनासो गरेका यी जोडीले अन्ततः पूजा शर्मा र कमला घिमिरेलाई फिचर्ड गराउँदै हिजोबाट भिडियो सार्वजनिक गरेका छन् ।

मन्जरीलाई गौतम शेर्पाले लेखेका हुन् भने बद्री पाठकले भाका सिर्जना गरेका छन् । केशव बडुको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् । विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशनमा तयार भएको यस गीतलाई बुद्ध थापाको समूहले छायाँकन गरेका छन् भने मिलन बिकले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु