विनिता र अनिताको ‘मन खोली नाचौं सङ्गी’

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

काठमाडौं । पत्रकार विनिता मरहठ्ठा र दिदी अनिता मरहठ्ठाको आवाजमा तिज गीत ‘मन खोली नाचौं सङ्गी’ बजारमा आएको छ । यसभन्दा अघि पनि उनले चोली टिमिक्कै तिजको गीत बजारमा ल्याइसकेकी उनले आधुनिक गीत मेरो दिलको राजामा पनि स्वर दिइसकेकी छन् । गीतसंगीतकै क्षेत्रमा कलम चलाउँदै आएकी उनी आफूलाई पत्रकार भनेर चिनाइरहँदा गायिकाको परिचय पनि थप्दै गएकी छन् । आफूसँगै उनले आफ्नी दिदी अनिता मरहठ्ठालाई पनि गायनमा पाइला टेकाएकी छन् ।

विनिता र अनिताको ‘मन खोली नाचौं सङ्गी’ को शब्द सुनिता बस्न्यातले लेखेकी छन् भने बैकुण्ठ अधिकारीको संगीत तथा संगीत संयोजन रहेको छ । भिडियोलाई दिपेन बस्नेतले निर्देशन गरेका छन् भने विक्रम मलाकाको कोरियोग्राफी रहेको छ । भिडियोमा गायिकाद्वय विनिता र अनिताकै नृत्य देख्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु