• बरिष्ठ कलाकारहरुलाई बिनोद केसीको एक्सनकट

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०७८, मंगलवार
    Binod kc ‘झिगु महानगर’ ‘महानगर’

    काठमाडौं । लोकप्रिय कलाकार बिनोद केसीले देशकै बरिष्ठ कलाकारहरू अभिनित ‘झिगु महानगर’ अर्थात ‘हाम्रो महानगर’ बोलको भिडियो निर्देशन गरेका छन् । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागद्वारा निर्माण गरिएको उक्त गीतमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, सुनिल थापा, किरण केसी, राजाराम पौडेल, यमन श्रेष्ठ लगायतका चर्चित एवं बरिष्ठ कलाकारहरूको साथमा बिनोद केसी स्वयंले पनि अभिनय गरेका छन् ।

    विभिन्न टेलिफिल्म, फिचर फिल्म र दर्जनौ विज्ञापनहरुमा अभिनय गरेर निकै ठूलो सफलता कमाएका बिनोद पछिल्लो समय अभिनय र निर्देशनमा उतिकै व्यस्त छन् ।

    यस्तो गीत निर्देशन गर्ने अबसर पाउनुमा निर्देशक बिनोद केसीले काठमाडौं महानगरपालिका, छायांकनको लागि सहयोगी हातहरु लागायत आदरणीय बरिष्ठ कलाकार दाजुहरुमा हार्दिक अभार व्यक्त गरेका छन् । निर्देशक केसीले छायांकन स्थलमा खटिई छायांकनमा सहज वातावरण मिलाईदिने महाननगर प्रहरी उपरीक्षक धनपती सापकोटा, दिनेश कुमार अर्याल लगायत सम्पुर्ण महानगर प्रहरीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

    राजभाई जकमीको शब्द रचना रहेको उक्त गीतमा यमन श्रेष्ठको स्वर हरिसरन सयामीको सङ्गीत रहेको छ । उक्त गीतको छायांकन करन चैसिर र सम्पादन मनोज कार्किले गरेका हुन्। उक्त भिडियाे SGF युट्युब च्यानल अर्थात सहर्ष गणेश फिल्मस् एण्ड एड्भरटाइजिङ्ग सर्भिसमा राखिएकाे हुँदा साे भिडियाे यस युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

    करिब आठ लाख पचास हजारमा छायांकन सम्पन्न गरिएको उक्त गीत काठमाडौंको धरहरा, रानिपोखरी, बौद्ध, स्वयम्भू लगायतका स्थानहरुमा छायांकन गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु