मोडलिङमा स्थापित बन्दै बिपना श्रेष्ठ

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७५, बिहीबार

काठमाडौँ । कलाकारिता तथा मोडलिङ क्षेत्रमानै भबिष्य सम्झेर एक कुशल, चर्चित नायिका तथा मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल हुन् बिपना श्रेष्ठ ।

मानिसहरुमा बढ्दो ग्ल्यामर्स मोह चाहले गर्दा मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन चाहने युवा युवतीहरुको संख्या दिन प्रतिदिन बृद्धी हुदै गएको छ भने नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल बिपना श्रेष्ठ लागेकी छिन ।

 

प्युठान जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउदै आफ्नो रोजगारी संगै मोडलिङमा निरन्तरता दिदै आएकी बिपना अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन् ।

नृत्य र अभिनयमा अब्बल बिपना सुन्दर मुहार र आकर्षक शरीरकी धनि पनि छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण हो । करिब १ दर्जन म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरेकी विपनाले ¥याम्प शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छिन्, उनी आफ्नो अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।

 

भर्खर मात्र २३ औ बसन्तमा प्रवेश गरेकी बिपना श्रेष्ठ हेर्दा आकर्षित छिन्, हासी रहने शालीन स्वभाबकि मोडल यदि अन्य कुनै पनि ठाउ बाट म्युजिकभिडियो, टेलिचलचित्र तथा फिल्ममा अफर आएमा आफ्नो क्षमता कला, कौसल प्रदर्शन गरेर अभिनय गर्ने सोचमा छिन् । सानै उमेर देखि कलाकारिता, मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, मोडल बिपना अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन् ।

ल्याब टेक्निसियनको रुपमा एक प्राइभेट मेडिकलमा कार्यरत समेत रहेकी मोडल बिपना भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहिक्षेत्रमा आफ्नो कलाकारिता क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ । एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेरआफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि उनि बताउँछिन् ।
आफु कलालाई सम्मान गर्ने भएकोले कलाकारिता क्षेत्रमा केहिनया कुराको आयाम थप्दै भविष्यमा सम्पूर्ण नेपालीहरुको मन जित्दै एक कुशल अभिनेत्री बनेर राष्ट्रको सेवा गर्नको साथै एक समाजसेवी भएर दुखिपिडितको सेवा गर्ने समेत उनको उदेश्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु