मायालु हजारपछि बजार पाएका कार्की

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७१, सोमबार १७:१७

काठमाडौं, २ भाद्र । गायक विरही कार्की यतिबेला मायालु हजार भएपछि नै बजार पाएका लोकगायकका रुपमा चिनिन्छन् । गायनको करिब डेढ दशक पार गरिसकेका कार्कीले धेरै चर्चित लोक गीत एवं लोकदोहोरी गीतहरु गाए, आफैंले निर्माण गरे र बजारमा चर्चा पनि बटुले, तर मायालु हजार जस्तै सफलताको सम्मान भने चुम्न सकेनन् । विन्दवासिनी, शंका नमान, झ्यालमा ऐना छ, फर्क मुग्लानी, सुनखानीमा सुन, आमा, डाँडै शिरिष, मनकामना माइ, मायाको नाम जपियो, भन्देउ के हो मायादेखि मायालु हजार सम्म दर्जनौं गीत गाए तर हरेक वर्ष मुलुकमा हुने अवार्डहरुको उत्कृष्ट पाँचको मनोनयनमा पनि परिरहे । तथापि उनले उत्कृष्ट पाँचको सूचीभन्दा माथि गएर अवार्ड भने पाउन सकेका थिएनन् । २०७० र ०७१ साल भने उनका लागि फलदायी भएको छ । यो वर्ष उनले भन्देउ के हो माया, मायालु हजार जस्ता गीतहरु बजारमा ल्याए । जुन गीतले उनको उचाईलाई एकाएक सफलताको श्रेणीमा उत्कृष्ट ठह¥यायो । ०७० मा कार्कीले मायालु हजारबाट रापती म्यूजिक अवार्डमा उत्कृष्ट दोहोरी गायकको अवार्ड चुम्न सफल भए । त्यसपछि मायालु हजारबाटै म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट लोकदोहोरी गायक बन्न सफल भए भने उनको लोक गीत भन्देउ के हो माया पनि उत्कृष्ट लोकगीत बन्न सफल भयो ।
मायालु हजारबाट सफलताको श्रेणीमा पुगेका गायक कार्कीलाई आगामी भदौ २० मा हुन लागेको राष्ट्रिय लोकदोहोरी अवार्डमा पनि भन्देउ के हो माया उत्कृष्ट लोकगीतको उत्कृष्ट पाँचमा पर्न सफल भएको छ भने इमेज म्यूजिक अवार्डमा मायालु हजार बोलको गीतबाट उनी उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । एकातिर यो वर्षको अवार्ड उनको पोल्टामा जाने क्रम जारी छ भने अर्कोतिर उनले आफ्नो डेढ दशकको गायन यात्रामा गाइएका गीतलाई एकल साँझका माध्यमले स्रोताहरुका सुनाउन सफल भए । लोकदोहोरी गीति लेखन, लय संकलन र गायनमा पूर्ण रुपमा दक्ष रहेका गायक कार्कीका कुनै न कुनै गीतहरुले मन छुन सफल भएकै हुन् । कसैलाई मायाप्रेमबाट मन्त्रमुग्ध पारेका छन् भने कसैलाई आफ्नै घरको पीडा बनेर रुवाउन सफल भएको छ । जे होस् यो वर्ष कार्कीका लागि अवार्डको वर्षा भएको छ ।

 

ganesh birahi

Birahi Karki Awarded Rapati Music award 2070

 

 

birahi-karki

Birahi Karki Solo Performance 2070

birahi

Birahi kari Awarded Music khabar Music Award 2014

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु