बीरबल ढकालले ल्याए लकडाउनमा कारोनाले ‘सबलाई दियो झड्का’

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार
Birbal Dhakal

काठमाडौं । विश्वभरि कोरोनाको कहर छ । कोरोनाको महामारीले विश्व अक्रान्त बनेको छ । सबै क्षेत्रमा लकडाउन भएको छ । विदेशमा रहेका विदेशमै लकडाउनमा छन् भने स्वदेशमा पनि लकडाउनले यताउता चल्ने अवस्था छैन । कोरोना संक्रमणको संख्या दिनानु दिन बढ्दै गएको छ । यस्तो समयमा सबै जनतालाई सजग गराउनका लागि गायक बीरबल ढकालले जनचेतनामूलक गीत ‘सबलाई दियो झड्का’ सार्वजनिक गरेका छन् ।
गायक बीरबल ढकालको स्वरमा रहेको यस गीतमा शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गायक ढकालकै संगीत रहेको गीतको शब्द भने काजीबाबु अर्यालले लेखेका हुन् । गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

कोरोनाले सबलाई झड्का दिएको कुरालाई गीतमा प्रस्तुत गरिएको छ । कोरोनाको महामारीले म ठूलो हुँ भन्ने घमण्ड तोडेर सबैलाई समान ठाउँमा ल्याएको छ, कसरी बाँच्ने कसरी बच्ने भन्ने कुरामा मात्र सबै दौडिरहेको अवस्थामालाई मध्यनजर गर्दै गीत सिर्जना गरिएको छ ।
यस गीतको म्यूजिक भिडियोमा शिवहरि बैरागी र अनिता बस्नेतको अभिनय रहेको छ । गीतलाई प्रवेश पोखरेलले छायाँकन गरेका हुन् भने राज कार्कीले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने अनिता बस्नेतले नै गरेकी छन् । भिडियोलाई बल्छी ध्रवे यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु