• वीरेन्द्र भाट विपिनको निर्देशन तथा सम्पादनमा ‘धोबी खोला’

    म्यूजिक खबर
    प्रकाशित: १ श्रावण २०७९, आईतवार

    Revans Shiva Music युट्युव च्यानलबाट तीजगीत ‘धोबीखोला’ को भिडियो सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् ।

    खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् । शिवजी क्षेत्रीको कोरियोग्राफी र राम केसीको सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् । भिडियो वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु