• तीज गीत ‘मादल’मा विरेन्द्रको एक्सनकट

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०८०, सोमबार

    काठमाडौं । लोकप्रिय गायिका राधिका हमाल र विवेक अर्यालको स्वर रहेको तीज गीत ‘मादल’ सार्वजनिक भएको छ ।

    विवेक अर्यालको लय शब्द तथा विरेन्द्र भाट विपिनको निर्देशन रहेको मादल गीतमा सुरेश शाहीले संगीत संंयोजन गरेका छन् भने गीतमा नवराज पाण्डे र सरीता दान्कुटीको अभिनय रहेको छ।

    गीतलाई निर्देशक भाटले नै सम्पादन गरेका छन भने लाकेश भाटले पनि सम्पादनमा सहयोग गरेका छन् ।
    म्यूजिक बैंक नेपालको स्टुडियोमा रिकर्ड गरिएको गीतलाई कृष्ण पुनले मिक्सिङ गरेका हुन् ।

    उक्त गीत वल्ड कभर मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु