बिष्णु माझीको ‘गुलाबको फूल’मा केकीको ठुम्का (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार

काठमाडौं । लोकप्रिय गायिका बिष्णु माझी र गायक बिनोद विसीको ‘गुलाबको फूल’ बोलको नयाँ लोकदोहोरी गीत सार्बजनिक भएको छ । माया प्रेमको भाव समावेश गरिएको सोही गीतमा मायालुको नाम आफ्नो ओठमा भएको कुरा गरिएको छ । उक्त गतिमा युनिक भोजराज बिकको शब्द तथा संगीत रहेको छ भने सोही गतिमा कृष्ण बिक (भान्जा)को एरेंज रहेको छ । उक्त गीतको भिडियोलाई कृनिश्चल केसीको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा नायिका केकी अधिकारी , गम्भीर बिस्ट र सुरज श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको छ भने केकी अधिकारी र गम्भीर बिस्टलाई राम्रो नृत्य गर्दै देख्न सकिन्छ । उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने सोही गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन्।उक्त सार्वजनिक गीतलाई जिवन लुइंटेल क्रियसनको अफिसियल युट्युबच्यानलबाट सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु