• गायिका विष्णु माझीको सुमधुर आवाजमा ”पिरतीले रुवाँउछ” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७५, आईतवार

    रोशन पोखरेल , काठमान्डाँै ।
    महालक्ष्मी म्युजिक प्रालीको गायिका विष्णु माझी र गायक नेत्र कडेँलको मार्मिक आवाजमा जिवन भोगाईमा आधारित लोक कोशेली ”पिरतीले रुवाउँछ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
    गीतमा शब्द सिर्जना सुनिल केसी , गणेश अधिकारी को लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएको छ । मायामा पिरतीले रुहाउछ भन्ने जानकारी भएकाले पिडा भुल्नको लागी गीतमा प्रेमीकाले प्रेमीलाई आग्रंह गरेकी छन ।
    अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”पिरतीले रुवाँउछ ” गीतको भिडियोमा रंजिता गुरुङ र संगीत शर्माको निकै मन छुने अभिनय रहेको छ ।
    ”पिरतीले रुवाँउछ ” हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु