मौलिक स्वरका धनी बिमल र विष्णुको आवाजमा कर्णप्रिय गीत ‘आकाशैको जुन तारालाई’

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७६, आईतवार ०२:०९

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका सफल एवं लोकप्रिय गायक बिमल डाँगी र सर्वोत्कृष्ट स्वरकी धनी गायिका विष्णु माझीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘आकाशैको जुन तारालाई’ बोलको उक्त गीत अमर भण्डारी र अञ्जना गोसाइको प्रस्तुतीमा सार्वजनिक भएको हो । गीत हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव मार्फत प्रकासनमा ल्याएको छ ।

अमर भण्डारीको शब्द रहेको गीतमा संगीत पनि उनै गायक बिमल डाँगीलेको नै रहेको छ । लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिले संगीत संयोजन गरेको सोहि गीतलाई प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
अत्यन्तै कर्णप्रिय रहेको उक्त गीतको भिडियो पनि उतिकै उत्कृष्ट बनेको छ ।

लोकप्रिय निर्देशक कुमार केसिको निर्देशनमा बनेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा नायक धिरेन शाक्य र रक्षा श्रेष्ठको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु