बिष्णु माझीको आवजमा ‘ए तिम्रो माया’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार

लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वरमा ‘ए तिम्रो माया” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले गरेका हुन् । फिल्मी शैलीमा तयारी पारिएको भिडियोमा बरिस्ठ अभिनेता सुनिल थापाको मुख्य भुमिका देख्न सकिन्छ , साथमा चर्चित मोडल विमल अधिकारी र सारिका केसी को अभिनयले भिडियो झनै उत्कृष्ट बनेको छ त्यस्तै अन्य कलाकार जमेष बिसी , रमेश अधिकारी ,रश्मि भट्ट ,बि । पाण्डेको भुमिका पनि तारिफयोग्य छ । उत्षव दाहालको छायांकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतलाई भावाना म्युजिक सोलुसनबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु