काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा सञ्चारमाध्यमलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगनुमनमा राखी छानविन गरिरहेको छ । काउन्सिलको आचारसंहिसंहिता अनुगनुमन उपसमितिको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।
काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँ बेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारवाही गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो । दशैं अघि काउन्सिलले ३ वटा सञ्चारमाध्यमलाई कालो सूचीमा राखेको थियो । आइतबार एक साप्ताहिक, एक टेलिभिजन र २ अनलाइन सञ्चारमाध्यमलाई कालो सूचीमा राखी थप कारवाही गर्ने निर्णय भएको हो । काउन्सिलले कालो सूचीमा राखेका सञ्चार माध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिस्ट्रारको कार्यालयलाई समेत दिएको छ ।
कालो सूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशी पोष्ट डटकम, खोजतलास अनलाइन डटकम छन् । काउन्सिलले भ्रामक सुचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबरब्युरोमा समेत पठाएको छ ।
त्यसैगसैरी आचारसंहिता कै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारवाहीका लागि काउन्सिलले ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियो पोष्ट डटकम, मोटिभेटन्यूजयू डटकम, एवननेपालन्युजयु डटकम, अनलाइनटिभि नेपाल डटकम, राइटसञ्चार डटकम, ताजा खबर टिभि र विजी टिभी (युट्युब च्यानल) छन् ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
काउन्सिलको आचारसंहिसंहिता अनुगनुमन उपसमितिमा पत्रकार महासंघ र बार एशोसिएसनको समेत प्रतिनिधित्व हुन्छ । प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपग्रुसहितमा स्वअनुगमन समेत गरिरहेको छ । बैठकपछि सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको मूल्य र मान्यता विपरित, गलत, समाजमा उत्तेजना , अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह समेत गरिएको छ ।