भाइचारा कायम गर्न बक्स अफिस फुटबल खेल

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार
Ram Kumar Subedi

काठमाडौं । राजधानीको बासबारी खेलमैदानमा नजिकिदै गएको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड रसीया संस्करणको प्रमोसन फुटबलको नियमित खेलहरु संचालन सम्पन्न भएको छ । हरेक सनिवार अपरान्ह तीन बजे बक्स अफिस इन्टरनेशनल ग्रुपले नियमित रूपमा विभिन्न स्थानहरुमा भष्टचार बिरुद्ध हाम्रो गोल, आपसी भाईचारा मेलमिलाप कायम गरौ, बिदेश घुम्ने गरौं तर मेहेनत, कर्म आप्mनै देशमा गरौ र गीत, संगित र सिनेमालाई जनजनको मनमनमा स्थापित गरौ भन्ने नारासहित गाउ, शहर देश, विदेश ब्युताउँन यो प्रकारको खेल आयोजना गर्दै आईरहेको हो । तीन गतेको रमाईलो शनिवार रमाईलो फुटबल प्रतियोगितामा संगितकार बिकास चौधरीले संचालनमा ल्याएको मिरा रेकर्डिङ स्टुडियो धोबिधारा काठमाडौ र गीतकार तथा एरञ्जर राजेश श्रेष्ठले संचालन गरेको म्युजिक पार्क रेकर्डिङ स्टुडियो पुतलीसडक काठमाडौ बिच रमाइलो मैत्रीपुर्ण फुटबल सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा मिरा रेकर्डिङ स्टुडियो तथा म्युजिक पार्क रेकर्डिङ स्टुडियोले पेनाल्टी खेल तथा निधारित समयमा खेलाएको दुवै खेलमा संयोग बस तीन, तीन गोलको बराबरको नतिजा हासिल गर्दै खेललाई साच्चिकै मैत्रीपुर्ण बनाएका थिए । निधारित ९० मिनेट खेलाईएको खेलमा मिरा रेकर्डिङ स्टुडियोको लागि संचालक तथा संगितकार बिकास चौधरीले टोलिको अध्यक्षता गर्नु भएको थियो भने म्युजिक पार्क रेकर्डिङ स्टुडियोबाट संचालन तथा गितकार राजेश श्रेष्ठले टोलिको अध्यक्षता गरेका थिए । सहभागी खेलाडीहरुलाई सिल्ड तथा प्रमाणपत्र बितरन आयोजक संस्थाका अध्यक्ष आरके सुवेदीले प्रमाणपत्र तथा पुरस्कार बितरण गर्नुभएको थियो ।

खेल सफल पार्न प्रतियोगिताको जर्सी तथा खेलको मुख्य अन्य प्रायोजकहरुमा गायिका तथा समाजसेवी सरु थापाले संचालन गरेको कफि सप दरवारमार्ग काठमाडौ तथा इटहरीबाट निर्माण भएको भिम लामाको रिलिजको तयारीमा रहेको चलचित्र फेक फ्रेन्डले गरेको थियो । हरेक शनिवार आयोजना हुने यो खेललाई ब्यावसाहिक रूपमा पनि बलियो बनाउँन विभिन्न चलचित्र, गीत संगित, कम्पनी, सिनेमा हल, कार्यलय संघ, संस्थाले पनि उत्साहित हुँदै नियमित सहयोग बडाउँदै लगेका छन भने खेलको महत्व र प्रचार प्रसारमा विभिन्न संचार कर्मिहरुले साथ दिदै आएको छन् । आगामी शनिवार सम्पादक तथा म्युजिक भिडियो निर्देसक प्रेम शर्माले संचालन गरेको कोचे नेपाल बागबजार काठमाडौ र कलाकार बिजेन्द्र नौबागेले हालै निर्माण गरि सार्बजनिक गरेको स्वदेश गान म हु सुन्दर नेपाल म्युजिक भिडियोका कलाकारको टोलिले पोहिलो खेल खेल्ने भएको छन । उक्त दिन रिलिजको संघारमा रहेका विभिन्न चलचित्र , म्युजिक भिडियो, कम्पनी , रेकर्डिङ स्टुडियो ,कल्चर ग्रुपको पनि आबेदन परेको हुनाले अन्य खेल आयोजना हुने कार्यक्रम रहेको छ। यो प्रतियोगिता बर्सेनि नियमित संचालन हुन्छ भन्ने एक सिजनमा सयौं खेलहरु संचालन हुँदै आएको छ्न। इच्छुकले सहभागी जनाउन शुक्रबार सांझसम्म आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुप संग सम्पर्क गरेर टोलि तथा इच्छुक बेक्तिले आबेदन दिने बेवस्था गरिएको छ । बर्सेनि गाउँ, शहर र विदेशी भुमिमा आयोजना हुँदै आएको यो प्रतियोगितामा गत बर्ष एक हजार १३ जना कलाकर्मिले सहभागी जनाउँनु भएको क्लबले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु