बुनु र शिलुको ‘वर्ष दिनको तीज’ सार्वनजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७६, आईतवार

काठमाडौं । नेपाली नारीहरुको महान् पर्व तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । यसै बेला गायिका बुनु श्रेष्ठले पनि दर्शक तथा स्रोता माझ ‘वर्ष दिनको तीज’ गीत सार्वनजनिक गरेकी छन् । उक्त गीतमा गायिका बुनु श्रेष्ठ र गायिका शिलु अधिकारीको स्वर रहेको छ । गीतमा पत्रकार
शान्ति प्रियको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।

‘वर्ष दिनको तीज’ बोलको गीतमा गीतलाई नारायण दंगालले एरेन्ज गरेका छन् । उक्त गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीको मिक्सिङ र मास्टरिङ र फुर्बा तामाङको रेकर्डिङ रहेको छ । उक्त गीतको भिडियोमा सबना आचार्यको अभिनय रहेको छ । सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा सबिन भट्टराईको छायाँकन र रोशन दाहालको सम्पादन रहेको छ । उक्त गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु