उपप्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ‘गोरखा पत्रकार समाज नेपाल’को भित्तेपात्रो बिमोचित

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०८१, शनिबार

काठमाडौं । गोरखा पत्रकार समाज नेपालको आयोजनामा नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको हातीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ सहित अतिथिहरुले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका हुन् । पात्रोमा २०८१ सालको विविध सूचनाहरु उल्लेखित गरिएको छ ।

बिमोचन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताए । उनले आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगतले पनि प्रयत्न गर्नुपर्ने र आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गरे ।
गोरखा पत्रकार समाज नेपालका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा सभापतीत्व गरेका थिए । यस्तै समाजका उपाध्यक्ष देवराज गुरुङले स्वागत मन्तव्य रोखका थिए भने सचिव सोविता रिसालले सहजीकरण गरेकी थिइन् ।

‘गोरखा पत्रकार समाज नेपाल’ गोरखा घरभइ काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु