‘कार्टून क्रिउ’ समूहको अन्तिम भिडियो, किन भने सञ्जीवले ‘नाइँ नाइँ’

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७६, सोमबार

काठमाडौं । चर्चित अनि सफल गायकको रुपमा संगीत क्षेत्र अनि युवापुस्तामाझ लोकप्रिय गायक सञ्जिव पराजुलीको नयाँ गीत “नाइँ नाइँ हुन्न हुन्न” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक पराजुलीसँगै गायिका सुजता उपाध्यायको आवाज सुन्न सकिन्छ । गीतमा मानस राजको शब्द रचना र संगीत रहेको छ भने गीतको एरेन्ज भने उदयराज पौडेलको रहेको छ । यस गीतलाई ‘एल्बम’ उडान–२’ मा समाबेश गरिएको छ ।

गायक सन्जिबको ‘नाई मलाई थाहा छैन’, कर्के नजर, तिमी मलाई मन पर्छ, हिट हिट गीत, सोचमा लगायत अन्य दर्जनौं गीतहरु अत्यधिक चर्चामा रहेका छन् भने गायिका सुजाताको ’आए म त परेर चिटिक्कै’, हात थामी, तिम्रो मौन इशारा लगायतका गीतहरुले लाखौं दर्शक श्रोताको मन पहिले नै जित्न सफल भएको छ ।

 

सार्वजनिक यस गीतमा जति आकर्षण रहेको छ गीतको म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनेको छ । आकर्षक लोकेशन अनि चर्चित डान्स ग्रुप ’ कार्टुन क्रिउ ’ को प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियो निकै अलग कन्सेप्टमा तयार गरिएको छ । डान्स ग्रुपका सदस्य सरोज अधिकारीको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् भने यस भिडियोमा डान्स ग्रुपका सम्पूर्ण टिमको प्रस्तुति रहेको छ र गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु