• ‘डलर’तिर कार्टुन क्रुजका सरोज आश्मा र वर्षा राउत

    म्यूजिक खवर
    प्रकाशित: ७ माघ २०७६, मंगलवार

    काठमाडौं । पछिल्लो समयमा चर्चित बनेका ¥यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको डलर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ ।


    गायक आर्जन यस अघि घाँटी भन्दा तल त राम्रै हो बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए । यस गीतमा भने उसको तारिफ भएको छ ।

    चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ । मनोज बस्नेतको निर्माणमा बनेको डलर गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु