कार्टुनज क्रुको फिचरिङमा सचिन रौनियारको ‘कु कु कु’

म्यूजिक खबर
प्रकाशित: २ कार्तिक २०७६, शनिबार

काठमाडौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ ग्रुप द कार्टुन क्रुले गायक सचिन रौनियारको ’कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । प्रकाश सापकोटाको शब्दमा जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र लाक्पा डी लामाको सम्पादन रहेको छ । द कार्टुन क्रुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रुका साना साना भाइबहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु