गफ लाउँदा लाउँदै उमेर दुई बिसे चार भएका सन्दिप (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं । लोकप्रिय हाँस्य कलाकार सन्दिप क्षेत्री हेर्दा ह्याण्डसम छन् । हेर्दा उमेरले भर्खरै एक बिसे कटेजस्तो भए पनि माया प्रेम र जिन्दगीको दौडमा दुई बिसे चार भएको पत्तै पाएनछन् ।

वास्तविकतामा उनको उमेर दुई बिसे चार भयो कि भएन तर सन्तोष अधिकारीले गाएको म्यूजिक भिडियोमा भने उनको उमेर दुई बिसे चार अर्थात् ४४ वर्ष पुगेको देखिन्छ । ‘चौतारीको वर एक्लै रह्यो, उमेर पनि दुई बिसे चार भयो’ गीतमा लोकप्रिय कलाकार सन्दिप क्षेत्रीको अभिनय रहेको छ । भिडियोमा क्षेत्रीको साथमा समिक्षा पोखरेलको अभिनय रहेको छ ।

सुमन पण्डितको शब्द रचना रहेको गीतको म्यूजिक भने दिपक शर्माको रहेको छ । यस गीतको संगीत संयोजन नरेन्द्र वियोगीले गरेका हुन् भने स्वर सन्तोष अधिकारीको रहेको छ । यस अघि मज्जा छुट्टै एल्बम बजारमा ल्याएका सन्तोष अधिकारीले सिङ्गल ट्रयाकमा धेरै गीत गाइसकेका छन् ।
म्यूजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन् भने यसको सम्पादन विकास दाहालले गरेका छन् । भिडियोमा कोरियोग्राफ प्रशान्त तामाङको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु