चेतनको लोकदोहोरी गीत ‘माल’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । पछिल्लो समयमा सुदुर पश्चिमको देउडा गीतलाई फरक तरिका बाट गाउदै आउनु भएका अहिलेका चर्चित गायक कलाकार चेतन बोहराले फेरि माल भन्ने बोलको गीत सार्बजनिक गरेका छन् । धेरै मन छुने तथा आज भोलिका पिडिहरुले रुचाउने गीत गाएर चर्चा कमाईसकेका बोहराले केही हप्ता अगाडि मात्र हान पैतली नामक लोक देउडा बजारमा ल्याएका थिए ।

बोहराका हरेक गीतमा सुदुर पश्चिमका केही टुक्काहरु राखिएका हुन्छन् भने पुराना देउडा भन्दा अलि फरक ढंगबाट प्रस्तुत गरिएका हुन्छन् । यस गितमा पनि बिच बिचमा सुदुर पश्चिमको भाषाका केही शब्दहरु प्रस्तुत गरिएका छन् । सुदुर पश्चिमको प्रचलन अनुसार माल भन्ने शब्द निकै चर्चित अनि प्रख्यात शब्द हो।
प्रायः माल भन्ने बित्तिकै राम्रो बस्तु चिजलाई बुझ्ने गरिन्छ।सुदुर पश्चिमको डोटि जिल्लामा जन्म भई आज भोलि कैलालीको लालपुरमा बसोबास गर्दै आउनु भएका बोहराले राजधानी काठमाडौ लाई कर्मथलो बनाउदै आउनु भएको छ।बोहरा अहिलेका चर्चित गायक मध्यका एक गायक मानिन्छन् ।
बोहराका लागि गायन क्षेत्रमा फटको मार्न त्यति सजिलो भने पक्कै थिएन तर ठुलो मेहनत अनि कडा परिश्रमले आज गायक बोहरा चर्चित र सबैका मन मुटुमा बस्न सफल बनेका छन् ।बोहराले आफ्नो युटुब च्यानल बाट नै यो गित सार्बजनिक गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु