शुद्ध मन भएको बुद्धको खोजीमा चेतन सापकोटा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७६, आईतवार
Chetan Sapkota

काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटा यतिबेला देशका लागि शुद्ध मन भएको बुद्धको खोजीमा छन् । शान्तिको नेतृत्व गर्ने, विकास निर्माण गर्न सक्ने, देशका लागि मर्न सक्ने महामानवको खोजीमा रहेका गायक तथा संगीतकार चेतन सापकोटा यतिबेला मन शुद्ध भएको बुद्ध पठाइदेउ भन्दैछन् ।
यतिखेर गायक तथा संगीतकार चेतन सापकोटाले आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘बुद्ध पठाइदेऊ’ गीत लिएर आएका छन् ।

उनले २०६५ सालमा रेकर्ड गरेको गीत हालै मात्र युट्युबमा सार्बजनिक गरिएको हो । गंगाराम सापकोटाले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् बिनोद गुरुङले संगीत संयोजन गरेको गीतको भिडियो वीस्टार नेपाल नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । भिडियो निर्देशन गायक स्वयम्ले नै गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु