चलचित्र ‘छ माया छपक्कै’को पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठाडौं । यही असोज २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘छ माया छपक्कै’को पोष्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले सार्वजनिक गरेको यो चलचित्रको पोष्टरमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाललगायतका कलाकारको तस्बिर समेटिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, रामकाजी घिमिरे, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ । रोहित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु