भक्ति साधनामा : चिरन्जीवी, र प्रतिमा, ल्याए शिव पञ्चाक्षरस्त्रोतम्

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७७, बिहीबार

काठमार्डौ । चिरन्जीवी भण्डारी नेपाली सांगीतिक क्षेत्रमा नौलो नाम होइन । संगीतका हरेक विधामा उनका स्वर गुञ्जिएका छन् । रक, पप, आधुनिक प्यार्टनका गीत देखी भजनमा समेत उनको स्वर सुन्न सकिन्छ । हरेक विधामा उनको स्वर म्याच भएको पाइन्छ । त्यस्तै सांगीतिक क्षेत्रमा क्रियाशील अर्को नाम हो प्रमिला गुरुङ ।
पछिल्लो समयमा यही स्थापित र क्रियाशील दुई नामको सहकार्यमा शिव पञ्चाक्षरी मन्त्र सहितको शिव भजन सार्वजनिक भएको छ ।
भजनमा स्वर एवं संगीत चिरन्जीवी भण्डारीको रहेको छ । त्यस्तै गीतकार एवं समाजसेवी प्रतिमा गुरुङको शब्द रहेको उक्त गीतको संगीतसंयोजन भने पुष्कार सुनुवारको रहेको छ ।

भजनको भिडियोमा भगेन्द्र केसी, भवानी केसी, इन्दिरा बोगटी र प्रमिला श्रेष्ठ अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन केशव बिश्वकर्माले गरेका हुन् ।
नेपाली भजन कलेक्सन युट्युव च्यानल मार्फत भजन सार्वजनिक गरिएको हो । भजन सार्वजनिक भएसँगै गायक एवं संगीतकार चिरन्जीवीले भजन गाउँदा मन आनन्दीत भएको बताए भने गीतकार प्रतिमाले पनि यस्तो शब्दहरु कोर्दा शरीरमा पोजेटिभ भाइब्स मिलेको बताइन् । पुष्कर सुनुवारले पनि भजनमा काम गर्दाको अनुभव नै मिठो रहेको र मन आध्यात्मिक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु