• चूडामणि देवकोटाको शब्दमा शक्ति बल्लभले गाए गीत

    म्यूजिक खबर
    प्रकाशित: ५ आश्विन २०७७, सोमबार

    काठमाडौं । गीतकार चूडामणि देवकोटाको शब्दमा सिर्जनामा तयार भएको गीत ‘सपनीमा’ संगीतकार शक्ति वल्लभले स्वर भरेका छन् । वल्लभकै संगीतमा तयार भएको उक्त गीतमा मायाप्रेमको भावलाई समेटिएको छ । मनभित्रकी मायालाई हरेक शब्द शब्दमा दाँज्दै मनका भावहरु समेटिएको गीत हो सपमनीमा ।

    गीतकार संघ नेपालका अध्यक्ष समेत रहेका गीतकार चूडामणि देवकोटा प्राय गरेर राष्ट्रिय भावका रचनामा रमाउने व्यक्ति हुन् । उनका कविता होस् या गीत बढीजसो राष्ट्रियता उन्मखु पाइन्छ । तर मायाप्रेमको भावमा पनि उत्तिकै आफूलाई निभाउन सक्ने क्षमता बोकेका गीतकारका रुपमा चिनिन्छन् देवकोटा । त्यस्तै वरिष्ठ संगीतकार शक्ति बल्लभका संगीत सदाबहार बनेका छन् । उनका कालजयी संगीत सिर्जनाले मानव मस्तिष्कमा डेरा जमाइसकेको छ । उनको संगीत सिर्जनासँगै स्वरको जादू पनि यस गीतमा सुन्न पाइन्छ ।
    यस गीतको म्यूजिक भिडियोलाई रमेश कोइरालाले निर्देशन गरेका छन् । रविचन्द्र कोइरालाको छायाँकन तथा जितेन्द्र राजोपाध्यायको सम्पादन रहेको उक्त भिडियोमा प्रदीप श्रेष्ठको कोरियोग्राफी रहेको छ । यस गीतको म्यूजिक भिडियोमा लिगेश भट्टराई, रेश्मा सुवेदी, कन्चन चालिसेको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु