• मोबाइलबाटै भिडियो खिचेर पठाउनुस् अनि पैसा कमाउनुस्

    म्यूजिक खबर
    प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार
    celebs sathi

    काठमाडौं। कोरोना महामारीले सबै क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने सोचका साथ नेप्सिया प्रालिले व्यवसाय प्रवद्र्धनको नयाँ अवधारणा अघिसारेको छ । कम्पनीले सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धनको अवधारणा ल्याएको हो । यसबाट सेलीब्रेटी तथा व्यवसायी दुवै लाभान्वित हुनसक्ने कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले बताए।

    कारोनाका कारण हाल नेपाली अर्थतन्त्र, कला संस्कृति, जनजीवन ठप्प छ । यस्तो अवस्थामा हरेक क्षेत्रमा लाग्ने सेलिब्रेटी पनि कामविहीन भएर बस्न बाध्य भएका छन् । कम्पनीले कलाकारमात्र नभई हरेक क्षेत्रका सेलिब्रेटीलाई कामविहीनको अवस्थाबाट जोगाउँदै आर्थिक उर्पाजनमा सहयोग पु¥याउन बेटा भर्सनमार्फत यसको सुरुवात गरेको हो । यसबाट सेलिब्रेटीहरूले आफ्नो कला प्रस्तुत गरेर आर्थिक लाभ लिन सक्नेछन् भने अर्कोतर्फ सेलिब्रेटी नजिक भई आफ्नो व्यापार व्यवसाय बढाउन सकिनेछ ।


    कुनै कम्पनी तथा व्यक्तिले सेलिब्रेटीमार्फत प्रचारप्रसार गर्नुपरेमा कम्पनीले सहजीकरण गर्नेछ । सेलिब्रटीसँग नजिक हुने चाहना हुँदाहुँदै सबैको पहुँच नपुग्ने अवस्थालाई मध्यनजर गर्दैै कम्पनीले यसको सुरुवात गरेको श्रेष्ठले जानकारी दिए । कम्पनीले डिजिटल प्रविधिमार्फत स्वदेश तथा विदेशमा पनि यस्तो सुविधा प्रदान गरिने जनाएको छ ।

    व्यवसाय प्रवद्र्धनमा मात्र नभई सभा सम्मेलन, वार्षिकोत्सव तथा कार्यक्रममा प्रस्तुति, उद्घाटन, जन्मोत्सवको शुभकामना लगायतमा सेलिब्रेटीहरूले आफ्नै मोबाइलको माध्यमले भिडियो खिचेर पठाए वापत यो कम्पनीले पारिश्रमिक प्रदान गर्नेछ । टिकटकमा रमाइरहेका जो कोहीले पनि अब यस कम्पनीसँग सम्झौता गरेर एक मिनेटसम्मको भिडियो पठाएमा आफ्नै बैंक खातामा भिडियो वापतको पारिश्रमिक एक हजार देखि एक लाखसम्म प्रदान गर्ने श्रेष्ठले बताएका छन् । कम्पनीले आगामी तीन महिनाभित्रमा मोबाइल एपसमेत ल्याउने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु