क्लब उडल्याण्ड चौथो वर्षमा

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

काठमाडौं । रात्रीकालिन व्यवसायको रुपमा संचालित हुँदै आएको क्लब उडल्याण्डले तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । तेस्रो वार्षिकोत्सव मनाउँदै क्बल उडल्याण्डले रात्रिकालिन रुपमा मनोरञ्जनको क्षेत्रबाट व्यवसाय गर्दै समृद्ध देश बनाउनका लागि हिंडेको क्लबका संचालक प्रेम श्रेष्ठले बताए । वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण कुमार ब्रम्हचार्यको प्रमुख आतिथ्यता एवं वरिष्ठ कलाकार सुरवीर पण्डितको विशिष्ठ आतिथ्यतामा तेस्रो वार्षिकोत्सव मनाइएको थियो ।

बिगत ३ बर्षदेखी दरबारमार्गको उडल्याण्ड कम्प्लेक्समा संचालन हुँदै आएको क्लब उडल्याण्ड रात्रीकालिन व्यवसायमा सफल र लोकप्रिय क्लबको रुपमा युवामाझ चर्चित रहदैं आएको छ। सो कार्यक्रममा रात्रीकालिन व्यवसाय तथा मनोरंजन क्षेत्रमा कार्यरत व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका अतिथि समेत रहनु भएका हास्यकलाकार सुरबीर पण्डित (दारी बा) क्लब उडल्याण्ड १०० वर्ष चल्नु पर्छ भन्दै शुभकामना दिएका थिए ।

क्लब उडल्याण्डका संचालक सुनिल कुँवरले क्लब संचालनको समयमा सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका सभापति तथा क्लब उडल्याण्डका निर्देशक प्रेम श्रेष्ठले क्लब उडल्याण्ड राज्यको नीतिनियम पालना गर्दै आएको बताए । श्रेष्ठले राजधानीकै नयाँ बसपार्कमा आफ्नो दोश्रो शाखा संचालनमा आएको जानकारी दिँदै अब छिट्टै मोफसलमा तेश्रो शाखा संचालनमा आउने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु