सुपरस्टार इन्टरटेनमेन्टको पुनरागमन: ‘नखोज फाइदा तिमी’ मार्फत नयाँ लहर

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०८२, मंगलवार २३:०२

काठमाडौं । सन् २०१० को सुरुवातमा COD Band का सदस्यहरूद्वारा स्थापित सुपरस्टार इन्टरटेनमेन्ट नेपाली भिडियो प्रोडक्सनको क्षेत्रमा एक प्रतिष्ठित नाम हो। विगत १४ वर्षदेखि नयाँ कलाकारहरूलाई प्लेटफर्म दिँदै आएको यस लेबलले नेपाली संगीत उद्योगमा अमिट छाप छोडेको छ।

Yama Buddha सँगको ऐतिहासिक गीत “Sathi” बाट सुरु भएको यो यात्रा आज एक नयाँ मोडमा आइपुगेको छ। GXSOUL, Arluv Gurung, र Beight जस्ता कलाकारहरूसँग मिलेर कैयौं हिट गीतहरू दिइसकेको यस प्रोडक्सन हाउसले ४ वर्षको लामो अन्तरालपछि नयाँ प्रस्तुति सार्वजनिक गरेको छ।

उदीयमान र्‍यापर तथा प्रोड्युसर RUTHLEXX को स्वर र संगीत रहेको गीत “नखोज फाइदा तिमी” मार्फत सुपरस्टार इन्टरटेनमेन्टले आफ्नो बलियो पुनरागमन जनाएको छ। यस भिडियोलाई निर्देशक BxDhan ले निर्देशन गरेका छन्, जसको नयाँ सोच र ‘X-factor’ ले नेपाली R&B भिडियोको स्तरलाई विश्वव्यापी बनाउने अपेक्षा गरिएको छ। निर्देशनदेखि अन्तिम प्रस्तुतिसम्म, BxDhan ले भिडियो उद्योगमा एउटा नयाँ उर्जा र भिजन ल्याएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु