सुमन र खबपुलाई पछि पार्दै हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७६, शनिबार

काठमाडौँ । धादिङका हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । अन्तिम तीनमा पुगेका खड्गबहादुर पुन र सुमन कोइरालाई पछि पार्दै पन्त पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बनेका हुन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । यसअघि उनी राउण्ड अफ द विकमा छानिएपछि पन्त सिधै फाइनलमा पुगेका थिए ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्। सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु