• कम्पोजर भर्सनमा आयो ‘पल्कें तिम्रो मायामा’

    म्यूजिक खबर
    प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

    काठमाडौं । चार वर्ष अगाडि सार्वजनिक भएको ‘पल्कें तिम्रो मायामा’ गीतको यतिखेर भने कम्पोजर भर्सन सार्वजनिक भएको छ । गायक कमल किरणको आवाजमा रेकर्ड भएको यो गीतले दुई मिलियन भ्यूज क्रस गरिसकेको छ तर त्यही गीतको कम्पोजर भर्सन भने संगीतकार आशिष अबिरलको स्वरमा यतिखेर बजारमा आएको हो ।
    एकनारायण भण्डारीको शब्द एवं आशिष अबिरलको संगीत तथा संगीत संयोजनमा कम्पोजर भर्सन बजारमा आएको हो । यस गीतको भिडियोमा पल शाह र आँचल शर्माको फिचरिङ रहेको छ । आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो भिडियो बजारमा चर्चा बटुल्ने क्रममा छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु