लकडाउनलाई लक्षित गर्दै आए विष्णु अधिकारी ‘आँधी झेल्न जन्मेको हो मान्छे’

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७७, आईतवार
Corona Song

काठमाडौं । आँधी झेल्न जन्मेको मान्छे, आगो खेल्न जन्मेको हो मान्छे’ गीतकार प्रकाश केसीको शब्दमा गायक विष्णु अधिकारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । मुलुकमा भइरहेको कोरोना महामारी र लकडाउनको अवसरलाई लक्षित गर्दै सम्पूर्ण जनताहरुलाई उर्जा थप्न यो गीत उपयोगी बन्ने देखिएको छ । चित्रकलामा आफूलाई समाहित गर्दै आएका संगीतकार ज्योतिप्रकाशको संगीत रहेको यो गीतलाई अधिकारीले स्वर दिएका हुन् ।

संगीत संयोजन एवं संगीत कम्पोजिसनमा ख्याति कमाएका अधिकारी राम्रा गायक हुन् तर बजारमा आफूलाई कमै देखाउने गर्छन् । तर यो लकडाउनको अवसरमा उनले जनमानसमा उर्जा थप्नका लागि पनि यो गीत बजारमा ल्याउन जरुरी ठानेको बताएका छन् । यस गीतको भिडियोमा कोरोनाले गर्दा भएको लकडाउनका फुटेजहरुलाई समावेश गर्दै निर्माण गरिएको छ । यो गीतको भिडियोलाई संगीतकार ज्योतिप्रकाशको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु