समय सान्दर्भिक र सन्देशमुलक गीत ‘जित्छौं महामारी’

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७७, शनिबार

काठमाडौं । झण्डै १ वर्षदेखी कोरोना महामारीले विश्वलाई नै आक्रान्त बनाइरहेको छ । यहि सन्दर्भलाई जोडेर नयाँ सन्देशमुलक गीत ‘जित्छौं महामारी’ सार्वजनिक भएको छ । गीतमा आनन्द कार्की र मिना कार्कीको स्वर रहेको छ ।

सुनिता बस्नेत थापाको शब्दरचना, राजकुमार बगरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यो गीत त्रिवेणी डिजिटलमा रेकर्ड भएको हो । गीतको मिक्सिङ र माष्टरिङ पनि सङ्गीतकार राजकुमार बगरले नै गरेका हुन् ।

रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका तमाम डाक्टर-नर्सहरूको पीडा र खुशीको पनि सम्मिश्रण पाइन्छ ।

वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोका निर्देशक, सिनेम्याटोग्राफ़र र सम्पादक वीरेन्द्र भाट ‘विपिन’ हुन् । भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्कीलगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र शर्मिला मल्ल, सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसी तथा डाक्टर, नर्सहरुलाई पनि देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु