• फरक क्षेत्रका विशेष व्यक्तिहरुलाई ‘कर्पोरट अनर अवार्ड’

    म्यूजिक खबर
    प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

    काठमाडौं । विभिन्न व्यक्तिहरुलाई ‘कर्पोरट अनर अवार्ड’ प्रदान गरिएको छ । संघीय राजधानीमा मंगलबार आयोजित ‘द लाइफ स्टाईल’को आयोजना तथा कलिउड हव’को व्यवस्थापन र ‘इशान बाल तथा महिला अस्पताल’ को प्रयोजनमा भएको ‘कर्पोरट अनर अवार्ड – २०२२’ उक्त अवार्ड वितरण गरिएको कार्यक्रमका अध्यक्ष राजन खरेलले जानकारी दिए ।

    कार्यक्रममा पेशा तथा व्यवसायको माध्यमबाट रास्ट्रलाई योगदान पुर्याई देशकै उदाहरण बन्न सफल भएका फरक क्षेत्रका विशेष व्यक्तिहरुलाई ‘लेजेण्ड्रि अवार्ड’ तथा विभिन्न क्षेत्रमा आवद्ध अन्य व्यक्तिहरुलाई अवार्डद्वारा सम्मान गरिएको उनले बताए ।

    उक्त कार्यक्रममा पुर्वरक्षामन्त्रि तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका भिमसेनदास प्रधान प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

    त्यसैगरी विशेष अतिथिहरुमा टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारी, भक्त्तपुर नगरपालिकाका प्रतिनिधिहरु, भक्त्तपुर नगरपालिका– २ का वडाध्यक्ष, ख्वाप अस्पतालका प्रतिनिधिहरु, विरिष्ठ सञ्चारकर्मी भरत बम्जन, चलचित्र निर्देशक माधवराज खरेल, विभिन्न व्यवसायीक क्षेत्रका व्यक्तिहरुको सहभागीतामा अवार्ड प्रदान गरिएको अध्यक्ष खरेलले बताए ।

    कार्यक्रमामा प्रमुख अतिथि, विशेष अतिथिहरु मिडियाकर्मी सहयोगी संघसंस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमामा प्रमुख अतिथि प्रधानले अवार्ड पाउने तथा सम्मानितहरुलाई बधाई दिँदै कार्यक्रमको प्रसंशा समेत गरे ।

    उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कार्यक्रम नौलो भएको र एस्तो कार्यक्रमले पेशा, व्यवसाय गर्नेहरुला हौसला प्रदान गर्ने बताए ।
    कर्पोरेट अनर अवार्ड – २०२२ मा अवार्डेड तथा सम्मानित हुने व्यत्तित्वहरु यसप्रकार छन् ।

    अवार्डेडहरु
    १, क्याप्टेन विजय लामा – लेजेण्ड्रि पाइलट(क्याप्टेन) अफ द एअर
    २, प्रा.डा. रामनन्दन प्रसाद चौधरी – लेजेण्ड्रि डाक्टर अफ द एअर
    ३, डा.गायक÷संगीतकार लोचन – रिजाल लेजेण्ड्रि म्यूजिसिएन अफ द एअर
    ४, ई.गोविन्द देव अधिकारी – लेजेण्ड्रि इन्जिनिअर अफ द एअर
    ५, अधिवक्ता पेसल कुमार लुइटेल – लेजेण्ड्रि लयर अफ द एअर
    ६, व्यवसायी तथा समाजसेवी बिना थापा – लेजेण्ड्रि विजनेस वुमेन अफ द एअर

    सम्मानित व्यक्ति तथा संस्थाहरु
    १, ख्वाप अस्पताल – भक्तपुर नगरपालिका वार्ड – ९
    २, रजिस महर्जन – रजिस महर्जन युवा व्यवसायी
    ३, दीपक बोहोरा – व्यवासायी (उत्पल्ला क्याफे तथा मेडीटेशन सेन्टर, बौद्ध)
    ४, श्रीदेव भट्टराई – चलचित्र अभिनेता
    ५, लक्ष्मी श्रेष्ठ – सामाजिक व्यक्तित्व/व्यवसायी
    ६, देवकी श्रेष्ठ – सौन्दर्यकला व्यवसायी/समाजसेवी
    ७, गोपाल ढकाल ‘छन्दे’ – वरिष्ठ हाँस्य कलाकार
    ८, मन्जु खाँड – सामाजिक व्यक्तिव/संस्थापक अध्यक्ष, मन्जुश्री असहाय संरक्षण केन्द्र
    ९, राजन थापा – सामाजिक अभियन्ता/संचारकर्मी
    १०, राज गोपाल – युवा व्यवसायी
    ११, बेबी राजभण्डारी – सामाजिक व्यक्तित्व/व्यवसायी
    १२, श्रीराम कार्की – युवा व्यवसायी
    १३, कमला अधिकारी – सौन्दर्यकला व्यवसायी/सामाजिक व्यक्तित्व
    १४, मोहन श्रेष्ठ – रेस्टुरेन्ट व्यवसायी
    १५ , लोक चंन्द्र श्रेष्ठ – इभेन्ट्स अर्गनाईजर/युवा व्यवसायी
    १६, राजदेव जैसवार – फेसन डिजाइनर/बुटिक व्यवसायी
    १७, लक्की टेलर्स – सर्टिङ्ग सुटीङ्ग व्यवसाय
    १८, बाबुराम फँुयाल – सामाजिक व्यक्तित्व/व्यवसायी अध्यक्ष, बाल सचेतना केन्द्र, काठमाडौँ
    १९, अरविन्द्र गौतम संचारकर्मी काभ्रे प्रेस
    २०, दिनेश श्रेष्ठ – लोक गायक

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु