डीबी तामाङ ‘आज पनि तिम्रो याद’ उस्तै छ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७६, शुक्रबार
Singer D.B. Tamang

काठमाडौं । गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । लोकप्रिय गीतहरु सुन्ने स्रोताहरुका लागि उनले नयाँ नयाँ स्वाद पस्किरहेका हुन्छन् । गायक तामाङले सन् २०१४ मा “एउटा तारा” नामक एल्बम सार्वजनिक गरिसकेका छन् । तेस्पश्चात सन् २०१५ उनले “बुद्ध सन्देश भाग २” सार्वजनिक गरेका थिए । उनले गाएका “उहिले हामी”, “निलो निलो”, “तिमी बिना” बोलका गीतहरु स्रोता दर्शकले सुनिसकेका छन् ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि दिन अघि मात्रै “ आज पनि तिम्रो याद “ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह, चन्दा दहाल, आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु