नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो बन्यो

म्यूजिक खबर
प्रकाशित: २९ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित ¥यापर मानस घलेको ¥याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’ डान्स रहेको छ । रोजल थापाको निर्देशन रहेको ‘डी वाक’ भिडियोमा बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको निर्माण युनिटले दाबी गरेका छन् । यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु