• सञ्चारकर्मीद्वय डब्बु र सरिताको ‘मेरो जवानी’

    म्यूजिक खबर
    प्रकाशित: ९ आश्विन २०७६, बिहीबार २३:५१

    काठमाडौं । बरिष्ठ सञ्चारकर्मी डब्बु क्षत्रीको शब्दमा तयार भएको गीत ‘मेरो जवानी’ सार्वजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी एवं गायनमा निकै प्रतिभा बोकेकी नव गायिका सरिता भारतीको स्वर रहेको छ । गीतमा संगीत तथा संगीत संयोजन जुगल डंगोलको छ ।

    भिडियोलाई निर्देशन पनि डब्बु क्षेत्रीले नै गरेका छन् । भिडियोमा रामशरण उप्रेतीको छाँयांकन र प्रदिप कँडेलको सम्पादन छ ।

    माइकल चन्दको कोरियोग्राफी रहेको भिडियोमा बिनु शाक्य, एलिना ठकुरी, अनिशा न्यौपाने, रमेश सोराती र गायिका सरितालाई देख्न सकिन्छ ।

    ब्युटि न्युज नेपालको युट्युब च्यानलमा भिडियो रिलिज गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु