‘डाँडाकाँडा स्वामीको रुख’को हुबहु ‘परदेशी साइलो’, कसरी भयो चोरी ?

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७५, शनिबार

काठमाडौं । गायक विष्णु खतिवडा र श्याम क्षेत्रीको नयाँ गीत ‘परदेशी साइलो’ बजारमा आएको छ । विष्णु खतिवडाको शब्द र संगीतमा रहेको गीत परदेशी साइलोमा विष्णु खतिवडा, श्याम क्षेत्री र लक्ष्मी परियारको स्वर रहेको छ । यस गीतको म्यूजिक भिडियोमा रिना थापा, श्याम क्षेत्री, शान्ति मगर र सुशान्त मगरको अभिनय रहेको छ भने दिपसागरको छायाँकन एवं सम्पादन रहेको छ । भिडियोलाई सुजन श्रेष्ठको निर्देशन रहेको छ ।

गीतलाई अलिकति परिमार्जन गरेर बजारमा नयाँ बनाइए पनि ‘डाँडाँकाडाँ स्वामीको रुख’ बोलको गीत हुबहु गाइएको छ । हरिमाया गुरुङ र इन्द्र गुरुङको शब्द, हरिमाया गुरुङ र सावित्री गुरुङको संगीत रहेको पुरानो भाका ‘डाँडाँकाडाँ स्वामीको रुख’ हुबहु गाइएको छ । गीतको अगाडी अलिकति भट्याउने शब्द प्रयोग गरिए पनि पुरानो भाका र शब्दलाई हुबहु प्रयोग भएकोमा गायिका हरिमाया गुरुङसँग सोध्दा कुनै जानकारी नभएको बताइन् । आफूसँग कुनै पनि अनुमति नलिएको बताउँदै गायिका गुरुङले गीतलाई राम्रोसँग सुनेर कानुनी अधिकारका लागि अघि बढ्ने बताइन् । यस बारेमा गायक विष्णु खतिवडासँग बुझ्न खोज्दा उनको फोन अफ रहेकोले सम्पर्क हुन सकेन ।

पुरानो भाका ‘डाँडाँकाडाँ स्वामीको रुख’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु