• सयपत्री नेपाली सांस्कृतिक समूहमा पुनः डम्बर सिंहकै नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार

    युके । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेको नयन नेतृत्वमा पुनः डम्बर सिंह चयन भएका छन् । डम्बर सिंहको एक कार्यकाल समाप्त भएसँगै मार्च ७ मा भएको अधिवेशनले अध्यक्षमा पुनः चयन गरेको हो ।
    त्यस्तै उपाध्यक्षमा दीपक शाही, महासचिवमा गौरब क्षत्री, सचिवमा डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह–कोषाध्यक्षमा सुश्री गीता केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा दिनेश अर्याल, बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कँडेल र विवेक बोहोरा चयन भएका छन् ।

    Sayapatri Nepali Cultural Group UK
    गत ७ मार्च का दिन वकिङ मेबरी सेन्टरमा भएको अधिवेशनले राजेन्द्र क्षत्री, राजकुमार सुनार, बुद्धि गुरुङ, आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङ सहितको एघार जना सल्लाहकारको पनि चयन गरेको छ । निर्वाचन मण्डलीको भूमिकामा संयोजक राजकुमार सुनार, सदस्यहरु राजेन्द्र क्षत्री र नवराज घले रहेका थिए ।
    विगत १४ वर्षदेखि सयपत्री नेपाली संस्कृतिक समूहले विदेशी भूमिमा ‘नेपाली कला संस्कृति नै राष्ट्रको पहिचान’ भन्ने नाराका साथ अघि बढ्दै आइरहेको छ । नेपाली कला, संस्कृतिको जगेर्ना, संरक्षण र सम्बर्धन गर्दै नयां पुस्तामा पनि यसलाई निरन्तरता दिने कार्यमा यस संस्कृतिक समूहले ठूलो योगदान पु¥याउँदै आएको छ ।
    उक्त अधिवेशनमा महासचिव क्षत्री र कोषाध्यक्ष डा. दीपक जिसीद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजाकुमार सुनारले सयपत्रीले यूकेमा उदाहरणीय कार्य गरेको र आर्थिक पारदर्शितामा कुनै खोट नरहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु