डेबिड र भावनाको ‘बोल्दैन फोटो’ सार्वजनीक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७६, आईतवार

काठमाडौं । गायिका भावना आचार्य र गायक डेबिड शंकरको स्वरमा रहेको ‘बोल्दैन फोटो’ बोलको म्यूजिक भिडियो सार्वजनीक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द रहेको छ भने सोही गीतमा सङ्गीत पनि शर्माकै रहेको छ । ‘बोल्दैन फोटो’ बोलको गीतलाई शिब विकले निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् अभिनय रहेको छ ।

भिडियोमा आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ । उक्त गीतलाई नवराज उप्रेतीले खिचेका हुन भने सोही गीतलाई दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु