‘कबड्डी, कबड्डी, कबड्डी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७६, आईतवार

काठमाडौं । असोज ३ गते बाट देशभरका सिनेमाघरमा प्रदर्शनमा अउन लागेको चलचित्र ‘कबड्डी, कबड्डी, कबड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा प्रेम, द्वन्द्व र गुरुङ समुदायको सामाजिक परिवेश झल्काउने प्रयास गरिएको छ। उपासना सिंह ठकुरीसँग प्रेम सम्बन्धका लागि अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई र कर्मा शाक्यको अन्र्तद्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

बाँसुरी फिल्मस् र सिनेमा आर्टको ब्यानरमा निर्माणा गरिएको फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्य भएको चलचित्रमा कलाकारहरु रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, वुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराललगायतको अभिनय छ। रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु