• विकास बोर्डमा दयाराम दाहालको नियुक्ति

    म्यूजिक खवर
    प्रकाशित: २२ जेष्ठ २०७७, बिहीबार
    Dayaram Dahal

    काठमाडौं । चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको अध्यक्ष पदमा धेरैको चर्चा आयो । तर अन्नतः चलचित्र निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । लामो समयदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

    बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र निर्देशक दयाराम दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो ।
    म्यूजिक खबर परिवार नवनियुक्त अध्यक्ष दयाराम दाहालप्रति हार्दिक बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु

    Pin It on Pinterest