‘तिमिले पनि सताउँछौ’ भन्दै डिबी र मेलिना ! छल्कियो समुन्द्र र याङ्सुको प्रेम !

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७६, मंगलवार

काठमाडौं । डिबी खड्काको नयाँ गीत ‘तिमिले पनि सताउँछौ, मैले पनि सताउँछु’ सार्वजनिक भएको छ । संगीतकार समेत रहेका गायक डिबीको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा डिबीलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छन् ।
कलेज जीवनमा हुन प्रेम र रोमान्सको थिममा गीतको म्युजिक भिडियो तयार भएको छ । भिडियोमा समुन्द्र वाग्ले र याङ्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ । क्रान्ती केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोको कोरियोग्राफी अजय रेग्मीले गरेका हुन् ।
रत्न बेहोसी र रामकुमार राईको शब्द रहेको गीतमा संगीत डिबी खड्काले भरेका छन् । गीत डान्सिङ रोमान्टीक शैलीमा तयार भएको । गायक तथा संगीतकार डिबी खड्काले यस अगाडि थुप्रै चर्चित गीत दिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु