गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार
deep-shrestha दीप श्रेष्ठ

काठमाडौं । नेपाली सुगम सङ्गीतका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमणपछि अक्सिजनको लेभल कम भएर उपचारका लागि अस्पतालमा भर्ना हुनु भएका गायक दीप श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ ।

संक्रमण पुष्टि भएपछि घरकै आइसोलेसनमा बस्नु भएका गायक श्रेष्ठलाई अक्सिजनको लेभल कम भएपछि घुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । अहिले पनि उहाँ उपचारकै क्रममा हुनुहुन्छ । अस्पतालले श्रेष्ठको अक्सिजनको मात्रा स्थिर रहेको र सबै रिपोर्टहरु सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु